Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कागज व्यवसायी संघको २२औं साधारणसभा सम्पन्न

कागज व्यवसायी संघको २२औं साधारणसभा सम्पन्न


  • 2.3K
    Shares

    कागज व्यवसायी संघको २२औं साधारणसभा सम्पन्न

    काठमाडौं। कागज व्यवसायी संघ नेपालको २२औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष मनोहरदास मुलको  सभापतित्वमा सम्पन्न  साधारणसभाले  कार्यसमितिको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखा  परीक्षण प्रतिवेदन पारित गरेको छ ।

    उक्त साधारणसभामा वर्तमान आर्थिक परिदृश्यको समीक्षाका साथै कागज व्यवसायका चुनौतीमाथि व्यापक छलफल भएको थियो । साधारणसभाले उधारो असुली ऐनको अभावमा व्यवसायीले अनेकौं झमेलाको सामना गर्नुपरेको निष्कर्ष निकाल्दै उक्त ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराउने, आयकर, मुल्य अभिवृद्धिकर, भन्सार मुल्यांकन र क्षेत्रमा विद्यमान अप्ठ्यारा हटाउन पहल  गर्ने लगायत प्रस्ताव पारित गरेको छ ।

    पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको विषयमा पनि सरकारलाई गम्भीर भएर सोच्न र तदनुरुप कार्ययोजना ल्याउन आग्रह गर्ने निर्णय साधारण सभाले गरेको छ ।

    उक्त सभाले मनोहरदास मूलको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको   छ । कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र काबरा, महासचिव दिनेश चोखानी र कोषाध्यक्ष कमल तोदी रहेका छन् ।

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - १३:४३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij