२०८२ भाद्र २ गते सोमवार
गोरखा । उत्तरी गोरखामा अवस्थित हिमालपारिको गाउँ भनेर चिनिने चुमनुब्री गाउँपालिकाले फोरजी सेवा बिस्तार गर्न सञ्चारमन्त्री रेखा शर्मालाई आग्रह गरेको छ ।
चुमनुब्री गाउँपालिकामा नेपाल टेलिकमले सेवा बिस्तार गरेको भएता पनि केही गाउँमा अझै पनि सञ्चार सम्पर्कको पहुँच नपुगेकाले सञ्चार मन्त्रीलाई भेटेर उक्त क्षेत्रमा फोरजी सेवा सहितको अन्य सव-टावरहरू निर्माण गर्न आग्रह गरिएकोअध्यक्ष लामाले बताए ।
पालिका अध्यक्ष निमा लामाले अहिले पालिकाको वडा नंबर ६ को चुमचेत र ७ को छुलेनिले गाउँमा मोबाइल फोनको नेटवर्क नटिप्ने समस्या रहेको बताए । त्यहाँका स्थानीय बासिन्दाहरूले दूरसञ्चार सेवाबाट वञ्चित हुनुपरेको भन्दै सोही समस्यालाई लिएर सञ्चार मन्त्री रेखा शर्मालाई फोरजी टावर र सव-टावर निर्माण गरिदिन आग्रह गर्यौं ।
अध्यक्ष लामाले भेटमा मन्त्री शर्मा सकारात्मक देखिएको भन्दै अबको केही समय भित्रै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।
भेटमा वडा नम्बर ३ को जगत गाउँमा रहेको स्काई टावर विस्थापन गरी फोरजी टावर राखिदिन गरेको आग्रहमा मन्त्री शर्मा सकारात्मक देखिएको र प्राविधिक खटाएर आवश्यक व्यवस्था गर्न पनि सचिवलाई तत्कालै निर्देशन दिएको पनि अध्यक्ष लामाले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij