Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ३३ जनाले गरे रक्तदान 

पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ३३ जनाले गरे रक्तदान 


  • 2.3K
    Shares

    पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ३३ जनाले गरे रक्तदान 

    ललितपुर । विगत वर्षहरुमा झैं यस वर्ष पनि ललितपुर पञ्चकन्या ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।  

    ग्रुपको केन्द्रीय कार्यालय कृष्णगल्ली ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

    उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसग आवद्ध शुभचिन्तकहरु गरी ३३ जनाले रक्तदान गरेका थिए ।

    पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १६:४९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij