Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

असोज १ गतेदेखि काठमाडौँको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिने सरोकार समितिको घोषणा

असोज १ गतेदेखि काठमाडौँको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिने सरोकार समितिको घोषणा


  • 3.8K
    Shares

    असोज १ गतेदेखि काठमाडौँको फोहोर ल्याण्डफिल साइटमा लैजान नदिने सरोकार समितिको घोषणा

    काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फेरि काठमाडौँको फोहोर लैजान नदिने भएको छ । आफूहरूको माग पुरा नभएको भन्दै समितिले आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

    आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोर मैलाका कारण स्थानीय बासिन्दाहरूमा नकारात्मक असर परे पनि सरोकारवाला निकायहरूले उक्त समस्यालाई नजर अन्दाजमात्रै गरेकाले फोहोर मैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको हो । 

    प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा नगरेको, प्रभावित क्षेत्रलाई अधिकरण गरेर र मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेमा त्यसो नगरेको, अस्पतालजन्य फोहोर मैला, विषाधिजन्य फोहोर मैला, औद्योगिकजन्य फोहोर मैला प्रतिबन्ध नगरेको उनीहरूको आरोप छ । 

    सरकारले प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरूको आरोप छ । 

    २०६२ सालदेखि आजसम्म काठमाडौँ महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको उनीहरूको आरोप छ । उपत्यकाको फोहोर मैला बञ्चरेडाँडा क्षेत्रमा आगामी दिनमा प्रवेश गर्न कुनै हर हालतमा नदिने सरोकार समितिले जनाएको छ । 

    बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले आफूहरूको जीवन मरणको अवस्थामा रहेपनि राज्यले समस्या समाधान गर्न कुनै चासो नदिएको बताए । 

    ‘हाम्रो कुनै पनि मागहरू छैन । ल्याण्डफिल साइटमा अब कुनै किसिमको ल्याण्डफिल साइट विकास गर्नका लागि, फोहोर मैला राख्नका लागि एउटा इँटा पनि हामी राख्न दिँदैनौँ । भौतिक पूर्वाधार बनाउन दिँदैनौँ,’ उनले भने । असोज १ गतेदेखि सरकारले जबरजस्ती गरे त्यहाँका १० हजार मान्छे टुँडिखेलमा आएर बस्ने उनको चेतावनी छ । 

    ‘प्रभावित क्षेत्रका १० हजार मान्छे उठेर टुँडिखेलमा आएर बस्ने हो । धादिङ र नुवाकोटको १० हजार मान्छेलाई यहाँको प्रहरी प्रशासनले कुन–कुन जेलमा कति दिन राख्छ हामी  हाम्रा छोरा र नातिहरूका लागि त्यो सामना गर्छौँ,’ उनले भने । 

     

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १६:१४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij