Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका दर्जन भन्दा बढि नेताहरु पक्राउ

बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका दर्जन भन्दा बढि नेताहरु पक्राउ


  • 3.4K
    Shares

    बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका दर्जन भन्दा बढि नेताहरु पक्राउ

    काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको अस्वभाविक शुल्क वृद्धि विरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, विजय महतो, नेविसंघ प्राविधिक विद्यार्थी परिषदका केन्द्रीय अध्यक्ष राजेन्द्र चटौत, नेविसंघ काठमाडौंका अध्यक्ष अन्सुल केसी, ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेताहरु सौगात फुयाल, सलन केसी लगायत एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् । पछिल्लो दिनमा चापागाईको जीवन रक्षा र शुल्य वृद्धि फिर्ताको माग गर्दै नेविसंघ आन्दोलित छ ।



    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १५:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij