Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव: प्रधानमन्त्री

उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव: प्रधानमन्त्री


  • 2.3K
    Shares

    उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव: प्रधानमन्त्री

    काठमाडौँ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटन एवं सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् । 

    उक्त कार्यक्रममा प्रचण्डले बिरुवामा जल सिंचित गरेर उद्घाटन गरेका थिए । कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । 

    ‘हरित अभियानको अर्थपूर्ण र  दीर्घकालीन रणनीति महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रूपमा यो अभियानलाई सुरु गरिएको हो’, प्रधानमन्त्री प्रचण्डले बताए ।  

    हरियाली प्राकृतिक कृषि अभियान चलाउने अभियान सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको बताए । 

    उनले भारत भ्रमणमा जाँदा सहकार्य गर्ने बारे छलफल भएको जानकारी दिँदै प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र ठाउँको अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए ।

     

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १४:२७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij