Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा सरकारी आवास, आज हस्तान्तरण

सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा सरकारी आवास, आज हस्तान्तरण


  • 2.6K
    Shares

    सबै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा सरकारी आवास, आज हस्तान्तरण

    काठमाडौँ । संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास हस्तान्तरण गर्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुलाई आवास हस्तान्तरण गर्न लागेका हुन्।

    प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई भैंसेपाटीमा काठमाडौंमा आएको बेला बस्न सुविधा सम्पन्न आवास बनाएको छ। प्रदेशहरूका लागि ७ वटा भवनमा १४ वटा ब्लक निर्माण गरिएको छ।

    शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ। भवनहरुको निर्माण लागत ७५ करोड रुपैयाँ बढी लगानी रहेको छ।

    ३ तल्लाको भवनमा बैठक कक्ष, योग अभ्यास कक्ष, स्वागत कक्ष, भान्सा कोठासम्मको व्यवस्था गरिएको छ।

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १२:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij