Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

भदौ १० गते राष्ट्र बैंकले दश अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

भदौ १० गते राष्ट्र बैंकले दश अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने


  • 2.2K
    Shares

    भदौ १० गते राष्ट्र बैंकले दश अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । भदौ ११ गते जारी गर्नेगरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो । 

    भदौ १० गते दिउँसो ३ बजे विकास ऋणपत्रको बोलकबोल गरिने केन्द्रीय बैंकले सूचना गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

    कूल १० अर्ब रुपैयाँ मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत, १ अर्ब ५० करोड रुपैयाँ विना प्रतिस्पर्धा प्रणालीबाट बिक्री गरिनेछ । 

    विकास ऋणपत्र खरिदकर्ताले प्रत्येक ६÷६ महिना अर्थात् अर्धवार्षिक रुपमा ब्याज पाउनेछन् । 

    प्रकाशित मिति :भाद्र ८ २०८० शुक्रवार - १०:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij