२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिलबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सहमतिपत्रमा सोमबार हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता भएपश्चात बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने ब्यवस्था मिलाइएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पुरानो र प्रतिष्ठित ॐ हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकहरुले उपचारमा छुट पाउनु सकारात्मक भएको बताए। उनले दुवै सस्थाले एक अर्कामा आफ्नो सेवा सहुलित दरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत महतले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको र सो सेवा राष्ट्रिय वाणिज्य बैंकसंग सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको कुरा बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij