२०८२ माघ ७ गते बुधवार
बाँके। सोमबार प्रधानमन्त्री कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको कार्यक्रम सकेर काठमाडौ फर्किने क्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।
उक्त भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट बिनियोजन गर्न माग गरेका थिए ।
शाहका प्रेस विज्ञ आलम खानका अनुसार भेट सकारात्मक भएको र प्रचण्डले नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने अध्यक्षसँग प्रतिबद्धता जनाएका छन् । अध्यक्ष शाहले प्रधानमन्त्रीसँग नरैनापुरको इलाका प्रशासन कार्यालय सञ्चालनका लागि पहल गरी दिन समेत आग्रह गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष शाहसँगै नरैनापुर ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, अध्यक्षका स्वकीय सचिव विरजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारी लगायत रहेको अध्यक्षको सचिवालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपालगन्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई भेटेर बधाई ज्ञापन गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij