Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आफ्नो लिंग आफैं काटेका युवक भन्छन्– बिच्छीले टोकेपछि विष फैलिने डरले काटें

आफ्नो लिंग आफैं काटेका युवक भन्छन्– बिच्छीले टोकेपछि विष फैलिने डरले काटें


  • 7.6K
    Shares

    • images
    आफ्नो लिंग आफैं काटेका युवक भन्छन्– बिच्छीले टोकेपछि विष फैलिने डरले काटें
    images

    चितवन । आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् ।

    मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् ।

    बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ ।

    चितवनमा उपचाररत ती युवकले कुरा गर्दै होटलको शौचालयमा गएको बेला बिच्छीले लिंगमा टोकेको बताए । त्यसपछि बिच्छीलाई मारेर आफ्नो झोलामा भएको दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताए । त्यसपछि काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत बग्न नरोकिएपछि अस्पताल गएको उनको भनाइ छ । ‘पाउडर, मल्हम किनेर लगाएँ तर रगत नरोकिएपछि अब मबाट हुँदैन भनेर अस्पताल गएँ,’ उनले भने, ‘अस्पतालको एकजना डाक्टरलाई अलग्गै बोलाएर भनेँ ।’

    ती युवकका अनुसार उनी घर जाने क्रममा अबेला भएको, गाडीमा यात्रा गर्दा टाउको पनि दुखेको र घर जाने बाटोमा भएको सवारी दुर्घटना भएका कारण जाम पनि भएकाले होटलमा बास बस्नु परेको थियो ।

    होटलको शौचालमा गएको बेला बेलुकी आठ बजेतिर बिच्छीले टोकेको उनले बताएका छन् । प्रहरीका अनुसार उनी उपचारका लागि हेटौंडा अस्पताल पुग्दा राति पौने १२ बजेको थियो ।

    प्रकाशित मिति :भाद्र १ २०८० शुक्रवार - ११:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij