Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

६० किलो सुन प्रकरण

६० किलो सुन प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

६० किलो सुन प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ


  • 2.2K
    Shares

    ६० किलो सुन प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ
    images

    काठमाडौँ । ६० किलो सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । यद्यपि, हालसम्म पक्राउ परेकामध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले गएको बिहीबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।

    राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो । 

    १९ दिनसम्म अनुसन्धान गरेर विभागले संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई दिएको थियो ।प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र १ २०८० शुक्रवार - ०७:५९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij