Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन कर्जा लिँदा कति ब्याज ?

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन कर्जा लिँदा कति ब्याज ?


  • 2.6K
    Shares

    ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन कर्जा लिँदा कति ब्याज ?

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो ।

    बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५. ९६६ प्रतिशतदेखि अधिकतम ७. ९६६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ९. ९६६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

    यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८. ८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०. ८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकका अनुसार रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्याएको छ । यसअघि साउनमा संस्थागत तर्फ ७. ९९ प्रतिशत र ब्यक्तिगततर्फ ९. ९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो ।

    बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १७:०४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij