Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

भ्रष्टाचार आरोपमा लेखा अधिकृत पोखरेलविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा लेखा अधिकृत पोखरेलविरुद्ध मुद्दा दायर


  • 2.0K
    Shares

    भ्रष्टाचार आरोपमा लेखा अधिकृत पोखरेलविरुद्ध मुद्दा दायर
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा एक लेखा अधिकृतविरुद्द मुद्दा दायर गरिएको छ । आयोगले सडक डिभिजन लहानका  लेखा अधिकृत पदम विनोद भन्ने पद्म बिनोद पोखरेलविरुद्द मुद्दा दायर गरेको हो । 

    लेखा अधिकृत पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस-रिसवत माग गरेको पाइएको छ । आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २६ गते नियन्त्रणमा लिएको थियो । 

    उनले सो रकम घुस वापत नै लिएको पुष्टि भएको आयोगको दाबी छ ।  एक लाख रुपैयाा बिगो मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १६:२०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij