Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरखाको बक्राङमा प्रसूति स्याहार्न आमाको घर निर्माण हुने

गोरखाको बक्राङमा प्रसूति स्याहार्न आमाको घर निर्माण हुने


  • 7.4K
    Shares

    गोरखाको बक्राङमा प्रसूति स्याहार्न आमाको घर निर्माण हुने

    गोरखाको बक्राङ स्वास्थ्य चौकीले अनुमानित गर्भ हुने मितिको सात दिन अघि नै गर्भवतीलाई स्वास्थ्य चौकीमा ल्याएर पालनपोषण गरेर सुत्केरी गराउने भएको छ । सुत्केरी पछि पनि तीन दिन स्वास्थ्य परीक्षण गराएर मात्रै घर पठाउने भएको छ ।

    स्वास्थ्य चौकीले ल्याएको आमाको घर अवधारणाले गर्भवती र सुत्केरीको विशेष स्याहार गर्न लागेको हो । आमाको घर निर्माण गरी प्रसुति अघि र पछिको स्वास्थ्य सुविधा प्रदान गर्न लागिएको स्वास्थ्य चौकीका इन्चार्ज सिअहेब दीपेन्द्र भण्डारीले बताए । ‘स्याहारसुसार गरी भविष्यमा आउने स्वास्थ्य जोखिमलाई न्यनिकरण गर्दै आमा र बच्चाको पोषणमा सुधार ल्याउने उद्देश्य राखिएको छ,’ उनले भने, ‘ तीन दिनको सुत्केरी पछि आमालाई ठमठम हिडाएर घर पठाउने सोच छ ।’ बर्थिङ सेन्टर भन्दा बाहिरको घरलाई आमाको घर नामाकरण गरिएको छ । गण्डकी प्रदेशको नमूना आमाको घर बनाउने कार्यक्रम स्वास्थ्य चौकीले लागू गर्न लागेको हो ।

    आमाको घर भनेको स्वास्थ्य संस्था भन्दा अलग्गैको घर हो । यो घर समुदायले टोलटोलको सहभागितामा बनाउँछ । यस घरमा पीठो पिस्ने जाँतो, ढिकरी(ढिकी), हाँडी, , छत्रीलगायतका परम्परागत संस्कृति झल्कने किसिमका सामग्रीहरु हुन्छन् । भौगोलिक अवस्थाले गर्दा संस्था नजिक बिरामीलाई खाने बस्ने व्यवस्थाको समस्या रहेको छ । आमाको घर निर्माण गर्न स्वास्थ्य चौकीले वरपरका नौवटा टोलका टोल संयोजक, राजनीतिक दल, समाजसेवी, बुद्धिजिवीको भेलाले ११ सदस्यीय कार्यदल बनाएको छ । यसमा गाउँ कार्यपालिकाले पनि सकारात्मक भूमिका निर्वाह गरेको वडाध्यक्ष दीपबहादुर के.सीले बताए ।

    उनले आमाको घरमा आएर सुत्केरी हुनेलाई गाउँपालिकाबाट पाँचहजार रुपैयाँ, चारपटक गर्भ परीक्षण गरेको र सो संस्थामा सुत्केरी भएबापत सात हजार आठसय रुपैयाँ र सो संस्थामा सुत्केरी हुनमा कठिनाइ आएमा पाँच हजार रुपैयाँ प्रदान गरेर गर्भवतिलाई अन्य स्वास्थ्य संस्थामा प्रेषण गरिनेछ । आमाको घर निर्माण गर्न टोल संयोजकहरुको अगुवाइमा आर्थिक संकलन पनि भैरहेको छ । विकट भौगोलिक अवस्था, यातायातको सुविधा नभएको, ग्रामीण विपन्न वस्तीका गर्भवतीले विना जोखिम प्रसुति गराउनकोे लागि आमाको घरको अवधारणा विकास गरिएको भण्डारीले बताए ।

    चालू आर्थिक वर्षमा करिब ७२ जना गर्भवति रहेका छन् । त्यस मध्ये ८ जना स्वास्थ्य चौकीमा सुत्केरी भैसकेका छन् भने बाँकी चाहिँ नियमित रुपमा स्वास्थ्य परीक्षण गरिरहेका छन् भने केही चाहिँ अन्य अस्पतालमा सुत्केरी भएका छन् । केही घरमा पनि भएका छन् । घरमा सुत्केरी हुनेलाई स्वास्थ्य संस्थामा सुत्केरी हुन उत्प्रेरणा गर्ने उद्देश्यका साथ यो कार्यक्रम लागू गरिएको हो । चौकीले गर्भवतीको लागि निशुल्क भिडियो एक्सरे सुविधा प्रदान गरेको छ ।

    आमाको घर निर्माणका आर्थिक संयोजक टोपबहादुर आलेले विभिन्न टोलबाट आर्थिक संकलन गरी जनस्तरबाट आमाको घर निर्माण गरिने बताए ।

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १९:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij