Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

‘जुलेबी’ को नयाँ गीत ‘आज मन’ सार्वजनिक

‘जुलेबी’ को नयाँ गीत ‘आज मन’ सार्वजनिक


  • 3.4K
    Shares

    • images
    ‘जुलेबी’ को नयाँ गीत  ‘आज मन’  सार्वजनिक
    images

    काठमाडौँ । भदौको १ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

    फिल्मको कथा बोल्ने ‘थिम सङ’ का रुपमा ल्याइएको गीतमा केतन क्षेत्रीको स्वर छ । केतन र कोसिस क्षेत्रीको शब्द एवं संगीत रहेको गीतको भिडियोमा फिल्ममा शीर्ष कलाकारहरू प्रस्तुत छन् । 

    गणेशदेव पाण्डेको कथा एवं निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा र मोनिका थापा शीर्ष भूमिकामा छन् । गीत रिलिज कार्यक्रममा कलाकारहरूले फिल्ममा आफूहरूले मेहनतका साथ काम गरेको बताउँदै दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

    निर्देशक पाण्डेका फरक-फरक चरित्रका पात्रहरूको व्यक्तिगत जीवनमा घटेका घटनाहरूको कथामा फिल्म बनेको छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - १५:१०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij