२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.१३ अंकले बढेर दुई हजार ६६.०५ बिन्दुमा कायम भएको छ। आज १०५ कम्पनीका सेयरको मूल्य वृद्धि हुँदा १०८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
आज ५५ लाख ३ हजार कित्ता सेयर दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ। आज कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार एक अर्ब ८७ करोड बराबरको सेयर किनबेच भएको थियो।
यसदिन नेप्सेका १३ उपसमूहमध्ये पाँच उपसमूहमा गिरावट आएको छ भने बाँकी उपसमूहमा वृद्धि भएको छ। सबैभन्दा धेरै वित्त उपसमूह ०.३९ प्रतिशतले घट्दा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २.६७ प्रतिशतले बढेको छ।
अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.०९ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सोल्टी होटलको १६ करोड ९५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी अपर तामाकोशी हाइड्रोपावरको ११ करोड मूल्य बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्दा ५ को घट्यो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij