Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

कर्पोरेट डेभलपमेन्ट बैंकको चौथो त्रैमास: खुद मुनाफा ३९८.०९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

कर्पोरेट डेभलपमेन्ट बैंकको चौथो त्रैमास: खुद मुनाफा ३९८.०९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?


  • 2.2K
    Shares

    कर्पोरेट डेभलपमेन्ट बैंकको चौथो त्रैमास: खुद मुनाफा ३९८.०९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
    images

    काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। १ करोड ८५ लाख नाफा कमाएको हो । यो अघिल्लोको बर्षको सोही अवधिको तुलनामा ३९८.०९ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा यस बैङ्कको खुद ब्याज आम्दानी ५७.४० प्रतिशतले बढेर ८ करोड ८३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोहि अवधीमा बैङ्कको यस्तो आम्दानी ५ करोड ६१ लाख ५८ हजार रुपैयाँ रहेको थियो । 

    यस्तै, समिक्षा अवधीमा बैङ्कको सञ्चालन मुनाफा भने १०४.२३ प्रतिशतले बढेर २ करोड ६४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोहि अवधीमा बैङ्कको यस्तो नाफा १ करोड २९ लाख ५० हजार मात्रै रहेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएका कारण बैङ्कको नाफा उल्लेख्य बढ्न पुगेको हो।

    त्युसैगरी असार मसान्तसम्ममा बैङ्कको खुद फि तथा कमिशन आम्दानी ९६.६६ प्रतिशत घटेर २ लाख ५० हजार पुगेको छ । यता बैङ्कको नाफा बढेसँगै प्रतिशेयर सामान्य आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैङ्कको यस्तो आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ३ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैङ्कको मूल्य आम्दानी अनुपात ९९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३६६ रुपैयाँ ८ पैसा रहेको छ भने बैङ्कको ईपीएस पनि २.७८ ले बढेर ३।५३ पुगेको छ । 

    ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैङ्ककको जगेडा कोषमा २३ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५९.७५ प्रतिशत बढेको छ भने कर्जा लगानी २१.१७ प्रतिशत बढेको छ।

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १५:२२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij