२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ। गत आइतबार स्थिर रहेको सुनको मुल्य सोमबारदेखि घट्ने क्रममा रहेको यसदिन पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा १ सय घटेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।आज चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij