Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नेप्से परिसूचक ३.२१ अङ्कले घट्दा कारोबार रकम २ अर्ब ३३ करोड, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?

नेप्से परिसूचक ३.२१ अङ्कले घट्दा कारोबार रकम २ अर्ब ३३ करोड, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?


  • 3.0K
    Shares

    नेप्से परिसूचक ३.२१ अङ्कले घट्दा कारोबार रकम २ अर्ब ३३ करोड, कुन कम्पनीको लगानीकर्ताले कति कमाए ?
    images

    काठमाडौँ । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोस्रो दिन सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ बिन्दुमा कायम भएको छ ।  

    आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता शेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।

    आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अङ्कले घटेको हो ।

    उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अङ्कले बढेको छ ।

    विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ ।

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - १५:०७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij