Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न : प्रधानमन्त्री दाहाल

आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न : प्रधानमन्त्री दाहाल


  • 1.9K
    Shares

    आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न : प्रधानमन्त्री दाहाल
    images

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गरेका छन् । यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उनले भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताए । 

    “तपाइँलाई म प्रस्टसँग भन्छु, यसमा आफ्ना वा अरू कोही भनिने छैन । आफ्नै टाउकोमा आगो सल्काएरमात्र हामीले यो अभियानलाई निष्कर्षमा पुर्‍याउन सक्छौँ”, प्रधानमन्त्री दाहालले भने “त्यसैले तपाइँहरू कोही पनि भ्रमित नहुनुहोला । सरकार दृढतापूर्वक अगाडि बढ्छ ।”

    उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताए । “भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा जुन कदम चालिएको छ, यसले सिङ्गो देशको फोहोरमात्र सफा गर्ने छैन, कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नेछ”, प्रधानमन्त्री दाहालले भने । भ्रष्टाचारविरुद्धको अभियान कुनै आवेग वा उत्तेजनामा सुरु नगरिएको दोहोर्‍याउँदै उनले यस अभियानबाट भ्रष्ट शक्ति र प्रवृत्ति अत्तालिएको बताए । 

    पाँचदिन चलेको केन्द्रीय समितिको बैठक सिङ्गो देश, कम्युनिष्ट आन्दोलन र पार्टीको रूपान्तरणका दृष्टिले ऐतिहासिक भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तीनमहिने अभियानबाट पार्टीलाई नयाँस्तरमा विकास गरिने बताए । 

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - ०५:५०:०८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij