Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

धरानमा डेङ्गुबाट ८ जनाको मृत्यु, संक्रमितको संख्या २ हजार ३ सय नाघ्यो

धरानमा डेङ्गुबाट ८ जनाको मृत्यु, संक्रमितको संख्या २ हजार ३ सय नाघ्यो


  • 2.7K
    Shares

    • images
    धरानमा डेङ्गुबाट ८ जनाको मृत्यु, संक्रमितको संख्या २ हजार ३ सय नाघ्यो
    images

    विराटनगर । प्रकोपमा रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।

    धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा  २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए ।

    उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छ ।

    संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । विपिमा डेङ्गुका लागि छुट्टै क्लनिक  पनि सञ्चालन गरिएको छ ।

    डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए ।  धरानमा २४० वटै टोल विकास संस्थालाई  डेङ्गु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १५:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij