Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपति पौडेलको उपचार खर्चसम्बन्धी रिट न्यायाधीश सिन्हाको इजलासमा

राष्ट्रपति पौडेलको उपचार खर्चसम्बन्धी रिट न्यायाधीश सिन्हाको इजलासमा


  • 2.5K
    Shares

    राष्ट्रपति पौडेलको उपचार खर्चसम्बन्धी रिट न्यायाधीश सिन्हाको इजलासमा

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च राज्यले बेहोर्ने सन्दर्भमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ । 

    उपचार खर्च सरकारले बेहोर्ने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो । पौडेलको भारतमा भएको उपचार खर्चवापत ५५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको थियो । सरकारको सो निर्णय बदर गर्न माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

    राष्ट्रपति पौडेल, राष्ट्रपतिको कार्यालय शितलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गहृ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई रिट दायर भएको थियो । 

    उक्त रिटको पेसी आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा (न) नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको छ । राष्ट्रपति उपचारका लागि भारत गएसँगै नेपालमा त्यसको व्यापक बिरोध भएपछि पौडेलको सचिवालयले राष्ट्रपतिको उपचारखर्च व्यक्तिगत रुपमा राष्ट्रपति आफैंले बेहोर्न चाहेको विज्ञप्ति जारी गरेको थियो । 

    तर आफैंले बेहोर्नै भनेको ५५ लाख रुपैयाँ भुक्तानीका लागि निवेदन दिएसँगै सरकारले उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । त्यसको लागि ५५ लाख रुपैयाँ निकासा गर्न अर्थ मन्त्रालयमा पत्र पुगेपछि रकम निकासा नगर्न र मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो ।

     

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १२:०८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij