Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

'मिस युनिभर्स नेपाल २०२३' को आवदेन खुल्ला , यसवर्ष समलैंगिक र विवाहित महिलालाई पनि अवसर दिइने

'मिस युनिभर्स नेपाल २०२३' को आवदेन खुल्ला , यसवर्ष समलैंगिक र विवाहित महिलालाई पनि अवसर दिइने


  • 2.3K
    Shares

    'मिस युनिभर्स नेपाल २०२३' को आवदेन खुल्ला , यसवर्ष  समलैंगिक र विवाहित महिलालाई पनि अवसर दिइने
    images

    काठमाडौं । मिस युनिभर्स नेपाल-२०२३ को आवेदन खुला भएको छ । बिहीबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा यसको आगामी संस्करणबारे जानकारी दिइयो ।

    इच्छुकले साउन १८ गतेसम्म आवेदन दिन सक्ने ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् । उनले आगामी संस्करणलाई थप समावेशी र लोकतान्त्रिक बनाउने प्रयास भइरहेको बताइन् ।

    जसअनुसार अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्षसम्म पुर्‍याइएको छ । यसअघिका अन्य नियमलाई भने निरन्तरता दिइने भएको छ । नयाँ संस्करण घोषणा गर्न पाउँदा आफूलाई सपनाजस्तो महसुस भइरहेको पूर्वमिस युनिभर्स नेपालसमेत रहेकी नग्माले भनिन् ।

    उचाइ वा तौलको मापदण्ड नहुने, ट्रान्स वुमनलाई स्वीकार गरिने, गैरआवासीय नेपालीलाई पनि खुला, विवाहित महिला र आमा भएकाले पनि प्रतिस्पर्धामा भाग लिन पाउने नियमलाई यथावत् राखिएको छ ।

    आयोजक संस्था उमंग क्रिएसनले प्रतियोगिताको टाइमलाइन पनि घोषणा गरेको छ । जसअनुसार साउन १८ गतेसम्म आवेदन दिन सकिने, साउन १९ गते क्वार्टरफाइनलिस्टको नाम घोषणा, साउन २९ गते सेमिफाइनलिस्ट घोषणा र भदौ २२ गते ग्राण्ड फिनाले हुनेछ ।

    प्रतियोगिताको विजेताले मंसिर २ गते ९नोभेम्बर १८० मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा आयोजना हुने मिस युनिभर्स-२०२३ को अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ । 

    विजेतालाई वर्तमान सुन्दरी सोफिया भुजेलले ताज हस्तान्तरण गर्नेछिन् भने इलेक्ट्रिक स्कुटर पनि प्रदान गरिने भएको छ । विजेतासँगै चार उपविजेतालाई पनि मान्यता दिइने भएको छ ।

    उद्धव अधिकारी र नग्माले मिलेर स्थापना गरेको उमंग क्रिएसनले आयोजना गर्न लागेको मिस युनिभर्स नेपालको यो चौथो संस्करण हुनेछ । पत्रकार सम्मेलनमा वर्तमान मिस युनिभर्स नेपाल भुजेलले जितपछि आफूमा आएको सकारात्मक परिवर्तन र समाजमा आफूले पुर्‍याएको योगदानको चर्चा गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव सुनाएकी थिइन् ।

    पर्यटन बोर्डकी प्रबन्ध निर्देशक नन्दिनी थापाले प्रतियोगिताको विजेतालाई नेपालको पर्यटन दूत घोषणा गर्ने बताइन् ।

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - ११:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij