Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सरकारी कर्मचारीलाई १ वर्ष लामो सुत्केरी बिदा

सरकारी कर्मचारीलाई १ वर्ष लामो सुत्केरी बिदा


  • 5.5K
    Shares

    • images
    सरकारी कर्मचारीलाई १ वर्ष लामो सुत्केरी बिदा
    images

    नेपालको पूर्वी सीमामा अवस्थित भारतीय राज्य सिक्किमले आफ्ना कर्मचारीहरुको सुत्केरी बिदा बढाएको छ।सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधवार सरकारी कर्मचारीलाई अब १२ महिनाको सुत्केरी बिदा दिने घोषणा गरे।

    महिलालाई एक वर्ष सुत्केरी बिदा मिल्दा पुरुषलाई पनि सुत्केरी बिदा बढाएर १ महिना पुर्‍याइएको छ। सिक्किमका स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएशन (एसएससीएसओए) को वार्षिक बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यो घोषणा गरेका हुन्।

    समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्री यस सुविधालाई कर्मचारीहरुसम्म पुर्‍याउन सरकरी सेवा नियममा परिवर्तन गरिएको छ। ‘यस फेरबदलले सरकारी कर्मचारीलाई आफ्ना शिशु र परिवारको राम्रोसँग स्याहार गर्ने अवसर मिल्नेछ’, उनले भने। मुख्यमन्त्री तामाङले बाँकी जानकारी चाँडै दिइने पनि बताएका छन्। 

    मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिलालाई ६ महिना तलबसहितको बिदा दिइने प्रावधान छ। सिक्किममा भारतको सबैभन्दा कम अर्थात् ६ लाख ३२ हजार जनसंख्या छ।

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - १०:३८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij