२०८२ भाद्र २३ गते सोमवार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत वरिष्ठ हवल्दारलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।
अख्तियारको टोलीले विष्णु सिंहलाई बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट नियन्त्रणमा लिएको गरेको हो। उनले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सोही सूचनाको आधारमा अख्तियार आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij