Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सोह्रखुट्टेस्थित एक गोदाममा राजस्वको छापा, ६६ कार्टुन ‘ब्रेक शु’ बरामद

सोह्रखुट्टेस्थित एक गोदाममा राजस्वको छापा, ६६ कार्टुन ‘ब्रेक शु’ बरामद


  • 2.9K
    Shares

    • images
    सोह्रखुट्टेस्थित एक गोदाममा राजस्वको छापा, ६६ कार्टुन ‘ब्रेक शु’ बरामद

    राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा कार्टुन बरामद गरेको छ।

    बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक गोदाममा छापा मार्दा सो परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो। 

    उक्त गोदाममा छापा मार्दा भेटिएको उक्त सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व स्रोतले जानकारी दिएको छ।

    स्रोतका अनुसार उक्त ठाउँबाट विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेका पोकाहरूजस्तै फेला पारेको हो। ब्रेक शु, डिस्क ब्रेकका सामानसँगै सुन नाप्ने मेसिन, हिटर पनि बरामद भएको स्रोतले बताएको छ।

     

    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - २०:५२:३७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij