Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता, कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्याउने

सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता, कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्याउने


  • 2.3K
    Shares

    सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता, कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्याउने

    काठमाडौं । सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता भएको छ । कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्धेश्यले बैंकले स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज सेकेन्डसँग सम्झौता गरेको हो ।

    कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुनेछ । यस सहकार्य अनुसार कृषि कर्जाको प्रक्रियालाई प्रबिधिकरण गर्ने, कृषि कर्जा सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यवसायिक साक्षरता कार्यक्रमहरूको आयोजना गर्ने तथा कृषि उद्यमीहरूको आवश्यकतालाई प्रभावकारी रूपमा पूरा गर्न बैंकका कर्मचारीहरूलाई प्रशिक्षण दिने जस्ता कार्यहरु गरिनेछ ।

    उक्त अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, तेज बहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण ९ २०८० मंगलवार - १७:१४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij