२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।
बैंकले उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद आवेदन दिन पाउने गरी विक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले उक्त शेयरमा खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर माग गर्नुपर्दछ ।
शेयरमा ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन बैंकको केन्द्रीय कार्यालय काठमाडौंको नक्साल नारायण चौरमा पेस गर्न आग्रह गरेको छ ।
बैंकले तोकिएको समय अवधिभित्र खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर विक्री गरिने बैंकले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij