२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । गत आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा व्यापार घाटा ४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रूपैयाँ कायम भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ बर्षमा मुलुकमा व्यापार घाटा १४ खर्ब ५४ अर्ब कायम भएको हो ।
गत आर्थिक बर्षको असार मसान्तसम्ममा व्यापार घाटा १५.४५ प्रतिशतले कमी आई १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रूपैयाँ कायम भएको छ । अघिल्लो आथिृक बर्ष २०७८/७९ मा यस्तो घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १ बर्षमा मुलुकले आयात गर्ते वस्तुमा १६.८ र निर्यातमा २१.४४ प्रतिशतले कमी आएको छ । १ बर्षमा कूल १६ खर्ब ११ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब ५७ अर्ब रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।
एक वर्षको अबधिमा नेपालले विभिन्न देशबाट १६ खर्ब ११ अर्ब ७३ करोड ७० लाख ७० हजार रुपैयाँ बराबरको आयात गरेको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६्०८ प्रतिशत कमी हो । अघिल्लो वर्ष नेपालले १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
यस्तै, १ वर्षमा नेपालले विभिन्न देशमा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २१्४४ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्ष नेपालले २ खर्ब ३० करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र यो अवधिमा ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । असार मसान्तसम्ममा भारतबाट १० खर्ब २७ अर्ब ८४ करोड रुपैयाँको सामान आयात हुँदा १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ।
त्यस्तै, चीनबाट २ खर्ब २२ अर्ब ७१ करोड रुपैयाँको वस्तु आयात हुँदा १ अर्ब ७६ करोड रुपैयाँको मात्र निर्यात भएको छ । जसकारण चीनसँगको व्यापारघाटा २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग ४१ अर्ब १३ करोड रुपैयाँ, संयुक्त अरब इमिरेट्ससँग ३१ अर्ब १३ करोड रुपैयाँ र अर्जेन्टिनासँग २४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
नेपालले धेरै व्यापार नाफा गरेका मुलुकमा डेनमार्क, अमेरिका, नर्वे, अल्जेरिया, कम्बोडिया, नाइजर उरुग्वेलगायत छन् । गत आर्थिक वर्षको असार मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ५१ करोड २० लाख रुपैयाँ, अमेरिकासँग १४ करोड ६५ लाख, नर्वेसँग ९ करोड ७२ लाख रुपैयाँ र अल्जेरियासँग ७ करोड २५ लाख रुपैयाँ व्यापार नाफा गरेको छ ।
असार मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा एक खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँको डिजेल, ६६ अर्ब ८४ करोड रुपैयाँको पेट्रोल र ५८ अर्ब १५ करोड रुपैयाँकोे एलपी ग्यास रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij