Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नभएका औषधि भेटिए : स्वास्थ्यमन्त्री

अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नभएका औषधि भेटिए : स्वास्थ्यमन्त्री


  • 2.4K
    Shares

    • images
    अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नभएका औषधि भेटिए : स्वास्थ्यमन्त्री
    images

    काठमाडौं । काठमाडौं उपत्यकाभित्रका ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको पाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभाग, उपत्यकाका तीनै जिल्लाका सहायक सीडीयोलगायतको टोलीले गरेको अनुगमनमा यस्तो पाइएको हो ।

    “अनुगमनका क्रममा डेट एक्स्पायर भएका, कतिपय बेच्नै नपाइने औषधिहरु समेत भेटिएको छ । एक्स्पायर औषधि नछुट्याई गोलमाल राखिएको र स्पष्ट बिल नबनाइएको पनि देखियो,” मन्त्री बस्नतेले भने ।

    काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसी अनुगमनका लागि २० वटा टोली खटाइएको उनले जानकारी दिए । “उपत्यकाभित्र आजै अनुगमन सकिन्छ । बेलुकासम्म टोलीको निष्कर्ष आउँछ । त्यसैका आधारमा कारबाही प्रक्रिया अघि बढाइन्छ,” मन्त्री बस्नेतले भने ।

    मन्त्रीसहितको टोलीले वीर, पाटन अस्पताल तथा अल्का अस्पतालका फार्मेसी अनुगमन गरेको थियो । उपत्यकाबाहिर पनि विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

    प्रकाशित मिति :श्रावण ८ २०८० सोमवार - १३:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij