२०८२ भाद्र ३ गते मंगलवार
बैतडीमा जिप दुर्घटना भएको छ । ना १ ज २१९६ नम्बरको बोलेरो जिप मंगलबार दुर्घटना भएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्ढामा भएको उक्त दुर्घटनामा परी घटनास्थलमै ५ जनाको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।
जीपमा चालकसहित १२ जना यात्रु सवार रहेको बताइएको छ। घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij