Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

डेंगु फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड

डेंगु फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड


  • 2.3K
    Shares

    • images
    डेंगु फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड
    images

    काठमाडौँ । सुनसरी जिल्लाको धरानलगायत वरपरका अन्य जिल्लाहरूमा व्यापकरुपमा डेंगु रोगको प्रकोपको फैलिँदै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याइएको छ । यसअघि जीओपीडी भवन अगाडि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको थियो । 

    साउन ७ गतेसम्म ८ सय १९ जनाको परीक्षण गर्दा ६१५ जना मा डेंगु सङ्क्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । इमर्जेन्सीमा आउने डेंगुका बिरामीको चापमा अत्यधिक वृद्धि हुँदा कुनै पनि बिरामी उपचार सेवाबाट वञ्चित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरूको उपचार सेवामा समेत असर नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानको कोभिड अस्पताल भवनमा (धर्मशालाको पूर्वपट्टी) हाललाई ३० (तीस) बेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरिएको छ । 

    प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ.पी.डी.मा उपचारका लागि आएका डेंगुका बिरामीहरू मध्ये सिकिस्त बिरामीहरूलाई आई.सी.यू., इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने छ । 

    हाल कोभिड अस्पतालमा सञ्चालनमा ल्याइएको डेंगु वार्डमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा बेड क्षमता विस्तार एवम् सघन उपचार सेवा (आइ.सी.यू) समेत सञ्चालन गरिने डा.चुरामणि पोखरेलले बताए ।

    प्रकाशित मिति :श्रावण ७ २०८० आइतवार - १७:१९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij