२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । दक्षिण कोरियाबाट फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षा आवेदन खुलाएको छ।
उक्त परीक्षाका लागि साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले एक सूचना जारी गर्दै जनाएको छ। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुनेछ।
‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको हो,’ शाखाले सूचना प्रकाशित गरेर भनेको छ।
इच्छुक नेपाली नागरिक हुनुपर्ने, ईपीएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने शाखाले बताएको छ।
त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रूपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij