Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, यी हुन नयाँ लाइसेन्स पाउने कम्पनी

थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, यी हुन नयाँ लाइसेन्स पाउने कम्पनी


  • 3.9K
    Shares

    थप ११ कम्पनीले पाए ब्रोकर लाइसेन्स, यी हुन नयाँ लाइसेन्स पाउने कम्पनी

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको बिहीबार बसेको बैठकले ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

    बोर्डले आशयपत्र दिएर कारोबार गर्ने सम्बन्धी पूर्वाधार तयार पारेका उक्त कम्पनीलाई लाईसेन्स दिएको हो । यो भन्दा पहिले बोर्डले नयाँ ७ वटा ब्रोकरलाई लाइसेन्स दिएको थियो ।

    पहिलो चरणमा लाईसेन्स पाएका हिमालयन ब्रोकरेज कम्पनी, क्यापिटल म्यास सेक्युरिटिज, भोले गणेश सेक्युरिटीज, सन सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, मियो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका थिए । ति ब्रोकर कम्पनीहरुले औपचारिक रुपमा शेयर कारोबार सुरु गरिसकेका छन्। अहिले फेरि ११ वटा कम्पनीले लाइसेन्स पाएका छन् ।

    लाइसेन्स पाउनेमा मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रलि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एस्र्पीसए सेक्युरिटिज, सानिमा सेक्युरिटिज, एनएमबी सेक्युरीटिज, स्टक्स कार्टस सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज,ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।

    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १५:२६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij