२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/०८० नेपाली फिल्मका लागि लाभदायक सिद्ध हुन सकेन । करिब एक दर्जन फिल्मले राम्रो व्यवसाय गर्यो भने धेरै फिल्मको लगानी स्वाहा भयो ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० मा बक्स अफिस अनुसार यो वर्ष नेपाली, अङ्ग्रेजी र हिन्दी गरेर जम्मा ७८ चलचित्र प्रदर्शनमा आएका छन् । ती मध्ये नेपालमा धेरै व्यवसाय गर्ने तीन फिल्ममा नेपाली फिल्म ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’ परेको छ ।
धेरै कमाउने दश फिल्म
चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/०८० मा नेपालमा प्रदर्शनमा आएका हिन्दी, अङ्ग्रेजी र नेपाली गरेर सार्वजनिक गरेका ७८ फिल्मको सूचीमा यो वर्ष धेरै कमाउने दश फिल्ममा सबै नेपाली फिल्म परेको छ । सार्वजनिक गरिएको सूची अनुसार यो वर्ष धेरै कमाउने फिल्ममा ‘छक्का पन्जा ४’ एक नम्बरमा परेको छ । फिल्मले १७ करोड ५२ लाख बढी व्यवसाय गरेको छ ।
दोस्रो सूचीमा ‘जारी’ आएको जारीले १७ करोड १७ लाख बढी कलेक्सन गरेको छ । यो सूचीको तेस्रो नम्बरमा प्रेम गीत ३ आएको छ । फिल्मले ७ करोड ७० लाख बढी कलेक्सन गरेको छ ।
त्यस्तै, महापुरुष ७ करोड ३८ लाख र दुई नम्बरी ३ करोड ८४ लाख आम्दानी गर्दै चौथो र ५ औँ स्थानमा परेको छ । त्यस्तै फिल्म फूलबारीले ३ करोड ५३ लाख, झिँगेदाउले ३ करोड ४१ लाख, के घर के डेराले २ करोड ६५ लाख, प्रेम गीत ३ हिन्दीले २ करोड २७ लाख र प्रकाशले १ करोड ७५ लाख कमाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij