Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो


  • 2.3K
    Shares

    बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो ।

    मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

    बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।

    यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १०:२६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij