Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

‘बगान’ फिल्म हेरेपछि पूर्वराष्ट्रपतिले भनिन्- एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक

‘बगान’ फिल्म हेरेपछि पूर्वराष्ट्रपतिले भनिन्- एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक


  • 1.7K
    Shares

    ‘बगान’ फिल्म  हेरेपछि पूर्वराष्ट्रपतिले भनिन्- एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित राजनीतिज्ञ र सेलिब्रिटीले फिल्म ‘बगान’ हेरेका छन् । मंगलबार बेलुका सिभिल मलस्थित हलमा आयोजित विशेष शोमा फिल्म हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले फिल्मले समाजमा सकारात्मक सन्देश दिने विचार व्यक्त गरिन् ।

    सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्मले एकल महिलाको पुनर्विवाहको कथा पेश गर्छ । राष्ट्रपतिले पूरै समय बसेर फिल्म हेरेकी थिइन् । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रोत्साहित गर्नुपर्ने विषयलाई फिल्मले उठान गरेको बताए ।

    पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरे पनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले विवाह नगरे हुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको भन्दै मिश्रले यो विषयलाई सशक्त रुपमा प्रस्तुत गरिएको बताए । पूर्वमन्त्री एवं नेसपा नेतृ हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैं पनि तमाम महिलाको लागि प्रेरणाको स्रोत रहेको बताइन् ।

    अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, पूर्वडीआईजी रमेश खरेल, संविधानविद् भीमार्जुन आचार्यले पनि पूर्वराष्ट्रपतिसँगै फिल्म हेरेका थिए ।

    विशिष्ट व्यक्तिबाट फिल्मबारे प्रतिक्रिया प्राप्त गरेपछि डेब्यु अभिनेत्री प्रमिला कार्की पुलकित सुनिइन् । उनले भनिन्, ‘मैले सधैं कोही पनि व्यक्ति पुरुष वा महिला भएर भन्दा पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउने गरेको छु । यो फिल्ममा मैले निर्वाह गरेको पात्रले पनि समाज परिवर्तनको बाटो देखाउने हुनुपर्छ र त्यस्तै चाहन्छु ।’

    फिल्ममा करिश्मा सहित आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । स्वप्नील नीरवको कथामा आधारित रही बनेको यो फिल्मलाई नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा निर्माण गरिएको हो । फिल्मलाई नेपालपछि अमेरिकामा प्रदर्शनको तयारी भइरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - ११:२१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij