Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

किशोरीलाई ‘जागिर दिन्छु’ भनेर गाँजा ओसार्ने काम

किशोरीलाई ‘जागिर दिन्छु’ भनेर गाँजा ओसार्ने काम


  • 2.1K
    Shares

    किशोरीलाई ‘जागिर दिन्छु’ भनेर गाँजा ओसार्ने काम

    काठमाडौँ । कक्षा १२ को जाँच दिएर बसेकी किशोरीलाई ‘जागिर दिन्छु’ भनेर विमानस्थलबाट गाँजा ओसार्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पर्साको धोबीनी गाउँपालिका–५ घर भएका २७ वर्षीय फैज उल्लाह शाहलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले बताए ।

    क्यालिफोर्नियाबाट पार्सलमा आएको गाँजा रिसिभ गर्न शाहले १७ वर्षीया किशोरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा पठाएका थिए । असार ३१ मा किशोरीलाई पक्रेपछि फैजको संलग्नता खुलेको एसपी जोशीले जानकारी दिए । ब्यूरोको टोलीले किशोरीको साथबाट २ केजी गाँजा बरामद गरेको छ ।

    फैज उल्लाह शाह यसअघि पनि क्यालिफोर्नियाबाट काठमाडौँमा आएको ८ किलो गाँजा कारोबार गरेको आरोपमा पक्राउ परेर छुटेका हुन् । २०७९ चैतमा पक्राउ परेका उनी १ लाख २० हजार धरौटीमा छुटेपछि पुनः कारोबारमा संलग्न भएको अनुसन्धानबाट थाहा भएको छ ।

    ‘जागिर दिन्छु’ भनेर किशोरी प्रयोग

    किशोरी काठमाडौँको एउटा ‘जब सोलुसन एजेन्सी’मा कार्यरत थिइन् । रिसेप्सनमा काम गर्ने उनलाई पहिले फैजले फोन गरेर ‘कामदार’ पठाउन आग्रह गरे । उनले पठाएको ‘यो कामदार भएन’ भन्दै केही  दिनपछि फेरी फोन गरेर भने–‘तिमि नै आऊ, २० हजार तलब दिन्छु ।’

    जब सोलुसन एजेन्सीमा भन्दा धेरै तलब पाउने भएपछि उनी फैजसँग काम गर्न राजी भइन् । फैजले नागरिकताको फोटोकपी लिएर कार्ड बनाइदिने र विमानस्थलबाट चकलेट तथा सजावटका सामान रिसिभ गर्ने काम गर्नुपर्ने बताए ।

    असार ३१ मा उनले किशोरीलाई परिचय पत्र लिन बोलाएर भने–‘आईडी कार्ड लिएर जाऊ, विमानस्थलबाट सामान पनि लिएर आऊ ।’

    उनले दुई हजार ट्याक्सी भाडा दिए । किशोरीकै नाममा पार्सल आएको थियो । पार्सल रिसिभ गर्दा किशोरी पक्राउ परिन् । त्रिभुवन विमानस्थलको कार्गो कम्प्लेक्सबाट पक्राउ गरेर किशोरीलाई बयान लिँदा फैजको संलग्नता खुलेको एसपी जोशीले जानकारी दिए । 

     

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १७:१२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij