Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

हनुमानढोकामा चलचित्र सुटिङको ५५ हजार लाग्ने, विज्ञापन र म्यूजिक भिडियोको कति ?

हनुमानढोकामा चलचित्र सुटिङको ५५ हजार लाग्ने, विज्ञापन र म्यूजिक भिडियोको कति ?


  • 2.3K
    Shares

    हनुमानढोकामा चलचित्र सुटिङको ५५ हजार लाग्ने, विज्ञापन र म्यूजिक भिडियोको कति ?
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ का लागि सम्पति सम्बन्धी कर कार्यान्वयनमा ल्याएको छ ।

    आज मंगलबार सबै वडाहरुलाई परिपत्र गर्दै सम्पत्ति सम्बन्धी कार कार्यान्वयनमा आएको महानगरले जनाएको छ । महानगरले सम्पति करको नयाँ व्यवस्था साउन १ गतेदेखि लागू गरेपनि आज भने सबै वडालाई सो विषयको परिपत्र गरेको हो ।

    अब विदेशीले हनुमानढोका परिसरमा फिल्म सुटिङ गर्दा प्रतिदिन ५५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै, छोटो चलचित्र, डकुमेन्ट्रीको भिडियो खिच्न प्रतिदिन २५ हजार रुपैयाँ तोकिएको छ भने विज्ञापन भिडियो छायांकन गर्न ६० हजार रुपैयाँ तोकिएको छ ।

    तर स्वदेशीको हकमा भने ठूला पर्दाको चलचित्रका लागि प्रतिदिन २० हजार रुपैयाँ, छोटो चलचित्र र म्युजिक भिडियोका लागि १० हजार रुपैयाँ लाग्नेछ । हनुमानढोका दरबार परिसर छिर्न पर्यटकले १ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

    त्यस्तै, बालाजु, बाइसधारा पार्क, शंकपार्क, शाख्वधर पार्क छिर्न ३० रुपैयाँ लाग्नेछ भने पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्नेछ । पिकनिकका लागि ठाउँअनुसार १ हजार ५ सय रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्म निर्धारण गरिएको छ ।

    यस्तो छ शुल्कको विवरण :

    1.jpg

    2.jpg

     

    3.jpg

     

     

    4.jpg

    5.jpg

     

        

     

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १६:२६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij