Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

नक्कली मुद्रा र नक्कली सुनसहित काठमाडौं बसुन्धाराबाट दुई जना पक्राउ

नक्कली मुद्रा र नक्कली सुनसहित काठमाडौं बसुन्धाराबाट दुई जना पक्राउ


  • 2.0K
    Shares

    नक्कली मुद्रा र नक्कली सुनसहित काठमाडौं बसुन्धाराबाट दुई जना पक्राउ
    images

    काठमाडौ । नक्कली मुद्रा र नक्कली सुनको अबैध कारोबारमा संलग्र रहेको आरोपमा प्रहरीले दुईजनालाई प्रकाउ गरेको छ । 

    पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका-१० बस्‍ने ४८ वर्षीय दुर्गाबहादुर खत्री र  भारतको लखनऊ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।

    उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी ठोलीले बसुन्धाराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट  ४ किलो २ सय ग्राम नक्कली सुन तथा १६ हजार नक्कली भारतीय रूपैयाँ बरामद गरेको छ ।

    पक्राउ परेका उनीहरूमाथि मुद्रा सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुका  प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १५:४८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij