Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

१७ वर्षीया किशोरीलाई सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

१७ वर्षीया किशोरीलाई सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ


  • 2.3K
    Shares

    १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ
    images

    सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबरजस्ती उठाएर घर नजिकैको एक पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् ।

    पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित किशोरीका अनुसार आफूलाई बलात्कार गर्नेमध्येका एक जनालाई तिहार टीका लगाई दिएको पनि सम्झाएकी थिइन् ।

    ‘तपाईंहरू मेरो दाइ जस्तै हो, तिहारमा तपाईंलाई लगाएको टीकाको कम्तीमा लाज राख्नुस् भनेँ तर केही सुनेनन्, कुटपिट गर्दै मेरो अस्मिता लुटिरहे,’ पीडित किशोरीले भनिन् ।

    गत असार २९ गते राति साढे १० बजेतिर ती किशोरीलाई भेट्न एक जना साथी आएका थिए । त्यसलगत्तै चार आरोपी छिरेर किशोरी र उनका साथीलाई कुटपिट समेत गरे । 

    किशोरी र उनका साथीको तस्बिर खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिएको पाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपककुमार रायले बताए । त्यसपछि किशोरीका साथीलाई घरमै थुनेर नजिकै रहेको घरमा लगेर सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

    आरोपी मध्येका कैलाश भनिने टेकराज पोखरेलको निर्देशनमा तीन जनाले आफूलाई बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । बलात्कारपछि किशोरीलाई कुटपिट गर्दै घरमा लगेर छोडिदिएको प्रहरीले जनाएको छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की समेत दिएको पीडितले बताएकी छिन् ।

    ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने किशोरीका बुवा कामका सिलसिलामा जनकपुर गएका थिए । किशोरीकी आमा र बहिनीलाई अर्को कोठा राखेर चुकुल लगाइ आरोपीहरूले थुनेका थिए । 

    सामुहिक बलात्कारको घटना किशोरीले पहिले घरपरिवार र छरछिमेकीलाई बताएपछि सोमबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् । डीएसपी रायका अनुसार पक्राउ परेका चारै जनालाई मंगलबार अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिने डीएसपी रायले जानकारी दिए ।

     

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १५:१७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij