२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्रीको आइपिओ आज बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङको कार्यालयमा आइपिओ बाँडफाँट भएको हो।
कम्पनीको आइपिओमा ५ लाख ८१ हजार ५४६ जनाको आवेदन परेको थियो। जसमध्ये २३ हजार ८४५ जनाको आवेदन रद्द भएको छ भने ५ लाख ५७ हजार ७०१ जनाको योग्य आवेदन परेको थियो।
कम्पनीको आइपिओ १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई माग अनुसार सेयर पाएका छन्। यस्तै ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर वितरण गरिएको बिक्री प्रवन्धकले बताएको छ।
बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर ८० देखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई पुन: १० कित्ताका दरले वितरण गरिएको छ। यस अनुसार आवेदकले अधिकतम ८० कित्तासम्म सेयर पाएका छन्। कम्पनीले गत जेठ ३२ गतेदेखि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij