Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘एक भगवत् गीता’ को टिजरमा विपिन कमलामाई अवतारमा

‘एक भगवत् गीता’ को टिजरमा विपिन कमलामाई अवतारमा


  • 2.5K
    Shares

    ‘एक भगवत् गीता’ को टिजरमा विपिन कमलामाई अवतारमा
    images

    काठमाडौं । विपिन कार्की, सुहाना थापा र धीरज मगर स्टारर फिल्म ‘एक भगवत् गीता’को रोचक टिजर सार्वजनिक भएको छ । टिजरमा विपिन लैंगिक अल्पसंख्यकको पात्र कमलामाईको अवतारमा देखिएका छन् । समग्रमा फिल्मको टिजर विपिन र सुहाना वरपर घुमेको देखिन्छ ।

    विपिनको लुक्सले दर्शकलाई सरप्राइज दिन सक्छ । ट्रासजेन्डर पात्रको भूमिकामा देखिएका उनी हतियार लिएर लडाइँमा उत्रिएका छन् । टिजर हेर्दा विपिनलाई फिल्मको ‘एन्टागोनिस्ट’ भएको महसुस गर्न सकिन्छ । जनकपुरको जानकी मन्दिर र जनकपुरको सेटिङमा खिचिएको यो फिल्ममा भागदौडका दृश्य देखिन्छन् ।

    सुहानाको पात्र कतै भागिरहेको देखिन्छ । धीरज मगर गुरुङ पहिरनमा प्रस्तुत छन् । टिजरको आकर्षणको रुपमा विपिन छन् । झरना थापा निर्देशित फिल्ममा कवीर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ । 

    सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथालाई झरनाले लेखेकी हुन् । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा छ । राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ । सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो । यो फिल्म भदौ २९ गते रिलिज हुँदैछ ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८० शुक्रवार - १६:०१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij