Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

दीपाश्री निरौला भन्छिन्  ‘बगान’ ले फिल्म क्षेत्रमा क्रान्ति छेड्छ

दीपाश्री निरौला भन्छिन्  ‘बगान’ ले फिल्म क्षेत्रमा क्रान्ति छेड्छ


  • 2.4K
    Shares

    दीपाश्री निरौला भन्छिन्  ‘बगान’ ले फिल्म क्षेत्रमा क्रान्ति छेड्छ
    images

    काठमाडौंँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘बगान’ले फिल्म क्षेत्रमा एउटा क्रान्ति छेड्ने बताएकी छन् । बुधबार प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेकी हुन् ।

    ‘बगानले जुन विषयवस्तु उठाएको छ । त्यो उठाउन मुटु चाहिन्छ’, उनले भनिन् ‘सरोज खनालले एकदमै राम्रो विषय उठाउनुभयो ।’ सरोज  खनालको अभिनय जस्तै निर्देशनमा पनि अब्बल काम गरेको उनको भनाइ छ । 

    कार्यक्रममा निरौलाले अभिनेत्री करिश्मा मानन्धरको अभिनयको पनि तारिफ गरिन् । ‘करिश्माको अभिनय एकदमै राम्रो छ,’ उनले भनिन् । ‘बगान’का प्रत्येक संवादले आफ्नो मुटु छोएको उनको भनाइ छ । 
    थुप्रै रंगपत्रकार र कलाकर्मी उपस्थिति रहेको प्रिमिएरमा अधिकांशले फिल्मको तारिफ गरेका थिए ।

    सरोज खनालले निर्देशन गरेको फिल्ममा करिश्माको सरोज खनाल, प्रमिला कार्की,  आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । 

    सुरेश वाग्ले निर्माता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ । 

     

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - १०:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij