२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशलाई समृद्ध बनाउन आर्थिक वृद्धि जरुरी भएको बताएका छन् । नेपाल वित्तीय कर्मचारी संघ, राष्ट्रिय समितिले नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा सम्बन्धमा तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री महतले सरकारलाई विभिन्न समयमा गरेको निर्णयको आर्थिक दायित्व पुरा गर्नुपर्ने जिम्मेवारी भएको भन्दै यस्तो बताएका हुन् ।
सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाले सेल्स डिफिनेसनमा महसुस गर्नुपर्ने उनले बताए । उनले भने, “आफ्नो मात्रै हितको लागि कार्टेलिङको लागि संस्था हुनुहुँदैन । सङ्घले सबैलाई हितहुने गरि सम्झनुपर्छ ।”
प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने र कर्मचारी सङ्घले पनि मिलेर जाँदा लक्षित उद्देश्य पुरा हुने उनको भनाइ छ । उक्त संस्थाप्रति सरकारले मध्यनजर गर्ने बताउँदै उनले पछिल्लो समय अर्थतन्त्र सुध्रिदै गएको जानकारी दिए ।
ब्याजदरको विषयमा विभिन्न समयमा हुने विवादबारे उनले मिलेमतोमा ब्याजदर सिर्जना गर्दा समस्या हुने बताए । राज्य आफैमा पूर्ण नभएको बताउँदै मन्त्री डा. महतले सबैले सिस्टम बुझेर काम गर्नेपर्ने र सरकार पनि गम्भिर हुनुपर्ने धारणा व्यक्त गरे ।
फाइनान्सियल सेक्टर ठुलो छ र यसले अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको मन्त्री डा. महतको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij