Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

पलप्रति दीपकराजको यस्तो टिप्पणी हिजाे भगवान् बनाए, आज राक्षस भयौ

पलप्रति दीपकराजको यस्तो टिप्पणी हिजाे भगवान् बनाए, आज राक्षस भयौ


  • 2.5K
    Shares

    पलप्रति दीपकराजको यस्तो टिप्पणी हिजाे भगवान् बनाए, आज राक्षस भयौ

    काठमाडौँ । टेलिभिजन ‘ह्वाट द फ्लप’ शोमा आफ्नो जेल जीवनको अनुभव सुनाएको कारण अभिनेता पल शाह सामाजिक सञ्जालको तारो भइरहेका छन् । यो अन्तर्वार्ता विवादित भएको कारण युट्युबबाटै हटिसक्यो ।

    सामाजिक सञ्जालको विभिन्न टिप्पणीको पलले सामाजिक सञ्जाल मार्फत लामो स्टाटस पोष्ट गर्दै जवाफ समेत दिइसकेका छन् । पलको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा विभिन्न तर्फ–वितर्क चलिरहेका छन् ।

    यस्तैमा कलाकार दीपकराज गिरीले उनी प्रति टिप्पणी गर्दै हिजो भगवान् बनाएकाले नै अहिले राक्षस बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो धारणा राखेका हुन् ।

    ‘हिजो तिमीलाई भगवान् बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी । त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि’ दीपकले फेसबुकमा लेखेका छन् ।

    deepakraj giri(2).jpg

     

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १३:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij