Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर


  • 2.5K
    Shares

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका एक जना शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।

    मोरङको शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरका शिक्षक रामचन्द्र मण्डलले विरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

    सहायक प्रवक्ता थपलियाका अनुसार मण्डले विद्यालयमा पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी आयोगमा परेको थियो ।

    अनुसन्धानको क्रममा मण्डलले भारतबाट बीएस्सी उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी अस्थाई शिक्षक नियुक्ति भई लाभ लिएको पुष्टि भएको थियो ।

    साथै उनले सोही अस्थाई शिक्षकको सेवा अवधिको निरन्तरतामा स्थायी पदमासमेत नियुक्त भई लाभ र सुविधा लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा सजायको मागदाबी गर्दै आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १३:१४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij