Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

 "बर"

 "बर"


  • 11.8K
    Shares

     "बर"
    images


    पिपलको  मै  हु एउटा बजोडी बर।
    बुढेसकालमा  एक  अर्काको  भर।।

    उकालीमा  जादा दाहिने  मेरो घर।।
    बायाँ नै हो जीवन  सँगिनीको भर।

    एकलकाँटे  जीवन  छ  किन  मेरो ।।
    शीतलता  मात्रै   त  लिन्छन्    मेरो ।

    नत  मलाई  कुनै इज्जत नै पो दिन्छन् ।।
    मेरा बिम्बहरु बाट आनन्द मात्रै लिन्छन्।

    मौकापरे  हतियारले  चोट  मात्र  दिन्छन् ।
    सधैं  बसिबसाउ नै छु बटुवाको आशमा।।

    प्राण भरिदिएको छु  दुःखीको सासमा।।
    घरमै  बाँधनी   मात्र  नै  हो  मेरो  काम ।

    छेकि  दिन्छु   मात्र   टन्टलापुर   घाम ।।
    विश्राम लिन्छन् कति लासको साथमा ।

    बटुवाहरु  बस्दछन  म सँग  कति  बास।।
    उकालीमा  हुन्छु दायाँ ओरालीमा  बायाँ।

    बराबरी नै  बाडदछु शीतलता  र  माया ।
    म बुढो बर हु सधैं हुन्छु पिपलुको साथ।।

    चुडाइ मात्र लान्छ्न किन म बुढोको हात।
    शिवजीले मात्र सम्झन्छन्  कहिलेकाहीँ।।

    रुद्री पूजा आदिमा मात्रै निम्ता  मलाई ।
    मौका हेरि बसेकाछौ टिप्न मात्र तलाई ।।

    ढाक्रेहरु पनि सधैँ पर्दछ्न मेरो नै भर ।
    जराहरु  फिजाएर  बसेको छु  वरपर।।

    वातावरण आजकल किन दूषित हुदैछ।
    मानव  जातीको  मस्तिष्क  किन रुदैछ।

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १३:२६:२४ बजे
    प्रतिक्रिया

    राज कुमार कार्की

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij