२०८२ माघ ७ गते बुधवार
अभिनेता पल शाहले बलात्कार अभियोगमा अदालतबाट सफाइ पाइसक्दा पनि आफूलाई बारम्बार गालि गरिरहेको गुनासो गरेका छन्।
टेलिभिजन कार्यक्रममा उनले जेलका कुरा हाँसेर बोलेको तथा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीले बलात्कारजस्तो संवेदनशील विषयमा पनि अट्टहाँस गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि अभिनेता शाहले निराशा व्यक्त गरेका हुन्। ‘अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ? कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ?
पल शाहको पूरा स्टाटस यस्तो छ -
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij